श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपाको गठित कार्यदलले अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाल क्मयुनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव बिष्णु पौडेल नेतृत्वको कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा अध्यक्षद्वय ओली र दाहाल बरिष्ट नेता नेपाल पक्षबीच विवाद चर्किँदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

गत साउन ३० गते गठित कार्यदलका सदस्यहरुमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे । कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको थापाले जानकारी दिए ।

प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार