असार २२, २०८२ आइतबार July 6, 2025

भेन्टिलेटर अभाव हाम्रो लागि चुनौती हो : डा. अनुप बास्तोला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोनाको संक्रमणको अवस्था के छ ? कोरोना संक्रमण भएको विरामीलाई अक्सिजनको अभाव छ कि छैन ?

अहिले संक्रमण काठमाडौँमा केही हदसम्म बढ्दै गयो । धेरै दीर्घरोगीहरूलाई पनि यो रोगले संक्रमण गरेको देखियो । तीमध्ये केही व्यक्तिहरूलाई निमोनिया भएको कारणले गर्दाखेरि अक्सिजनको आवश्यकता पर्ने कारणले गर्दाखेरि अस्पतालमा आउनेहरूको संख्या बढ्न सुरु गरेको छ । यस सँगसँगै तराईबाट अक्सिजन आवश्यक पर्ने विरामीहरू रिफर भएर आउने अवस्था केही हप्ता अगाडिदेखि नै सुरु भईसकेको हो । निषेधाज्ञाभन्दा पहिलेको खुकुलो लकडाउनका कारण संक्रमितमध्ये केही व्यक्तिहरू सिकिस्त भएको अवस्था हो ।

अहिलेको अवस्थामा कस्तो किसिमको कदम चाल्दाखेरि डाक्टरहरूले उपचार गर्न सक्छन् ?

स्वास्थ्य सुरक्षा भनेको प्रथम कुरा भईहाल्यो । हामीसँग सिमित स्वास्थ्यकर्मीको संख्या छ । सहकार्यलाई एकदमै धेरै ध्यान दिन आवश्यक छ । मेडिकल कलेज, प्राइभेट जुन पहिलेदेखि नै स्ट्याण्डर्ड मेन्टेन गरेर आएका अस्पतालहरू छन्, सरकारी अस्पतालका नयाँ भवनहरू छन्, कोरोना उपचारका लागि हामीले यी सबैलाई कसरी व्यवस्थित गर्न सकिन्छ, त्यसमा सहकार्यको पनि त्यत्तिकै ठुलो आवश्यकता छ । पछि ५ प्रतिशतलाई मात्र भेन्टिलेटर चाहिन्छ । अहिले अक्सिजन र अस्पतालको व्यवस्थापन चुनौतीको कुरा हुनसक्छ ।

टेकु अस्पतालको कुरा गर्दा त्यहाँपनि अक्सिजनको अभाव भयो भन्ने सुन्नमा आएको छ नि ?

अक्सिजन हामीसँग छ । भेन्टिलेटर ६ ओटा मात्र छ । भेन्टिलेटर अभाव हाम्रो लागि चुनौती हो । एकैपटक धेरै विरामीहरू त्यहाँ पुगे भने हामीलाई व्यवस्थापन गर्न एकदमै मुस्किल पर्छ । अहिले वीर अस्पताललाई अझै व्यवस्थित गर्ने काम आउँदा दिनहरूमा गर्नुपर्छ ।

सरकारले ल्याएको रणनीति कत्तिको सफल भयो त, अब ?

अहिले सन्त्रासमा हामी बस्ने होइन । सुरक्षाका सम्पूर्ण उपायहरूलाई हामीहरूले अपनाउन जरुरी छ । हेलचेक््रयाइँ नगरौँ, अनुशासित बनौँ । तीजमा पनि मास्क नलगाई नाचेको हामीले देख्यौँ । हामीले जति भने पनि अनुशासन पालना नभएको कारणले गर्दाखेरि यो संक्रमणको स्थिति हुँदैछ । तीजमा पाहुना नजानुस्, पाहुना नल्याउनुस् भन्दा भीडभाड गरेर भेला भएको देखियो । त्यसमा एकदम हेलचेक्र्याई गरिरहेको अवस्था छ । सरकारले अहिले पछिल्लो समयमा निषेधाज्ञा जारी गरेको छ, यो हाम्रो लागि एकदम राम्रो अवसर पनि हो । एउटा रोकथाममा हामी केन्द्रित हुनुपर्छ भने संक्रमितको लागि आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न र सुरक्षा गर्न सरकारले ध्यान दिनुपर्ने मैले देख्छु । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार