असार २८, २०८२ शनिबार July 12, 2025

कुन देशको मुद्राको विनिमय दर कति पुग्यो ? (सूची हेर्नुहोस)

अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ६९ पैसा र बिक्रीदर १३८ रुपियाँ २९ पैसा निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ६९ पैसा र बिक्रीदर १३८ रुपियाँ २९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ२९ पैसा र बिक्रीदर १५९ रुपियाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७५ पैसा र बिक्रीदर १८७ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ४६ पैसा र बिक्रीदर १७० रुपियाँ २० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ०२  पैसा र बिक्रीदर ९० रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५२ पैसा र बिक्रीदर १०१ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४८ पैसा र बिक्रीदर १०७ रुपियाँ ९५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७० पैसा र बिक्रीदर ३६ रुपियाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४३ पैसा र बिक्रीदर ३२ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा  र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५७ पैसा र बिक्रीदर १४ रुपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३६ पैसा र बिक्रीदर २१ रुपियाँ ४५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ८२ पैसा र बिक्रीदर ४५१ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ १८ पैसा र बिक्रीदर ३६६ रुपियाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ ६१ पैसा र विक्रीदर ३५९ रुपियाँ १७ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार