श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रधानमन्त्री ओली असार १६ गतेदेखि स्पेन भ्रमणमा जाँदै, प्रतिनिधिमण्डल गठन गर्ने निर्णय

सशस्त्र प्रहरीका डिआइजी गणेशबहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (AIG) पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४ गते।  प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि २१ गतेसम्मको लागि छ दिने स्पेन भ्रमणमा जानुहुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।

सरकारले प्रधानमन्त्रीको यो भ्रमणलाई नेपाल–स्पेन सम्बन्ध सुदृढ पार्न तथा कूटनीतिक, आर्थिक र सांस्कृतिक सहकार्यका क्षेत्रमा थप अवसर खोज्ने अवसरको रूपमा लिएको बताइएको छ।

मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासकी न्यायाधीश डा. शान्ता सेढाईलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

सरकारको पछिल्लो निर्णयहरू वैदेशिक सम्बन्ध विस्तार, न्यायिक क्षेत्रको व्यवस्थापन तथा सुरक्षा निकायको नेतृत्व सुदृढीकरणमा केन्द्रित रहेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार