श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न

आगामी दिनमा विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहसँग समन्वय गरेर शासकीय सुधारका कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार ४ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव गोविन्द बहादुर कार्की लगायत ५/६ जना सरोकारवाला उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

शासकीय सुधार आयोगले सार्वजनिक प्रशासन, नीतिगत समन्वय, सेवा प्रवाहको प्रभावकारिता र नीति कार्यान्वयनको अनुगमनजस्ता विषयमा सुधारका खाका तयार गर्ने उद्देश्य राखेको छ। आजको बैठकमा आयोगको कार्ययोजना, संरचना र प्राथमिकताका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बैठकमा आयोगले आगामी दिनमा विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहसँग समन्वय गरेर शासकीय सुधारका कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता जनाइएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार