श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

बाढीपहिरोको जोखिमका कारण वर्षायाममा त्रासमा बस्नुपर्ने बाध्यता अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत । जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।

गाउँभन्दा माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने बुढीकुलोसहितको बाढीले सल्यानको बस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको स्थानीय रुद्रलाल उपाध्यायले बताउनुभयो । बाढीपहिरोको जोखिमका कारण वर्षायाममा त्रासमा बस्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय दुर्गा पौडेलले बताउनुभयो ।

ठोट्नेरी, धारापानी, गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण सल्यान गाउँ बाढीपहिरोको जोखिममा परेपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा बस्ती संरक्षण योजना सञ्चालन गरेको थियो ।

पालिकाले विनियोजन गरेको रु ३५ लाख २० हजार लगातमा बाढी नियन्त्रण गर्न तीन सय ५० मिटर लामो नहर निर्माण गरिएको जलजला गाउँपालिकाका इञ्जिनियर सुनिल बानियाँले जानकारी दिनुभयो । गत माघ ७ गते जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्न उपभोक्ता समितिसँग योजनाको सम्झौता गरिएको थियो । बूढीकुलो बाढी नियन्त्रण योजनाअन्तर्गत गुन्टेखेतमा कुलो निर्माण गरिएको उल्लेख गर्दै तोकिएको मितिमा निर्माणको सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

गुन्टेखेत गाउँभन्दा माथिबाट पक्की नहर निर्माण गरेर बाढीलाई लुङ्दी खोलामा खसाल्ने गरी निर्माण गरिएको बूढीकुलो बाढी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष गङ्गाधर आचार्यले बताउनुभयो । बूढीकुलोमा पानीसँगै आएको बाढीले सल्यानको बस्तीलाई उच्च जोखिममा पारेपछि बस्ती संरक्षणका लागि वैकल्पिक नहर बनाएर पानीसहितको बाढी लुङ्दी खोलामा जाने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

गत वर्ष बूढीकुलोमा आएको बाढीका कारण नाथिमारेबाट खसेको पहिरोले सल्यानको भिरकुना र गगनपानीमा घर तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो । बाढी खसेर स्थानीय रुद्रलाल उपाध्याय, गिरिधारी पौडेल, महानन्द पौडेल, माधवप्रसाद पाध्या, नारायणप्रसाद पाध्या, खेमराज पौडेल, दुर्गा पौडेललगायत स्थानीयको एक सय मुरी धान फल्ने खेत पुरिएको थियो भने पहिरो खसेर गगनपानीका चार घर उच्च जोखिमा परेका थिए ।

निर्माणाधीन मिलनचोक–सल्यान–गुन्टेखेत–घायखेत–धारापानी–ठोटनेरी सडक आयोजनाका कारण गाउँभरीको पानी बूढीकुलोमा जम्मा भएर सल्यानमाथिको डाँडाबाट बस्तीतिर खस्दा गाउँ जोखिममा परेपछि गुन्टेखेतबाट वैकल्पिक नहर निर्माण गरी लुङ्दी खोलामा पानी फाल्ने व्यवस्था गरिएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । बाढी नियन्त्रण गर्न कुलो निर्माण गरेसँगै जोखिम कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार