असार २२, २०८२ आइतबार July 6, 2025

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच भेटवार्ता

पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ ।

नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल गरिएको हो ।

पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको थियो । वामपन्थी शक्तिहरूबीच वैचारिक, साङ्गठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा गरिएको छलफलमा सहभागी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

आगामी दिनमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका मुद्दामा साझा समझदारी कायम गर्न एकापसमा सहकार्य गर्ने विषयमा नेताहरूले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त बैठकमा सहभागी नेताहरूले वामपन्थी एकताको विकल्प नभएको ठहर गर्दै समान विचारधाराका दल तथा समूहसँग समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार