श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘कर्णालीको अवस्था बदल्ने जिम्मेवारी अब युवाको काँधमा’ – मुख्यमन्त्री कँडेल

श्रमलाई सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व अब युवाको काँधमा रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले युवामै समृद्ध कर्णालीको सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले आजका युवामा ज्ञान, सोच र सीप भरिपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “अब आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सके अहिलेको समय हिजोको भन्दा सजिलो र अनुकूल छ ।” कर्णाली प्राकृतिक हिसाबले भरिपूर्ण छ यसलाई सदुपयोग गर्न सके युवा पुस्ताको भविष्य उज्यालो हुने उहाँले बताउनुभयो । श्रमलाई सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि सहुलियत कार्यक्रम ल्याउने नीति प्रदेश सरकारले लिएको उहाँले बताउनुभयो । सरकारले कृषि, पर्यटन र लघुउद्योगलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जानकारी दिनुभयो । विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सरकार तयार रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार