श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

सम्पत्ति शुद्धीकरण र घुस लिएको दुवै अभियोगमा अदालतले असार १६ गते सजाय सुनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार ६ गते । काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष एकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १६ गते पेशी तोकेको हो।

बस्नेतले पदमा कोलोनी प्रालि, पदमा मर्चेन्ट कम्पनी प्रालि तथा ती कम्पनीका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको पुष्टि अदालतले गरेको छ। सो रकमको प्रयोग गरेर उनले आफ्नो नाममा जग्गा किनमेल, कित्ताकाट र हक हस्तान्तरण गरी करिब १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहर अदालतले गरेको छ।

अदालतले बस्नेतले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को खण्ड क, ख र ग बमोजिम बर्जित कार्य गरेको पुष्टि गर्दै सोही ऐनको दफा ३ को उपदफा ३ अनुसारको कसुरमा दोषी ठहर गरेको हो।

यसै मुद्दामा उनीसँगै समावेश भएकी श्रीमती उर्मिला बस्नेत भने दोषमुक्त भएकी छन्। अदालतले उनीमाथि घुस लिने वा सो रकममा संलग्न भएको ठोस प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो।

त्यस्तै पदमा कोलोनी प्रालि, पदमा मर्चेन्ट कम्पनी प्रालि तथा ती कम्पनीका सञ्चालक अध्यक्ष कँडेलमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग पनि प्रमाण अभावका कारण फिर्ता गरिएको छ। उनीहरूमाथि घुस दिएको पुष्टि भए पनि त्यसपछि सम्पत्ति शुद्धीकरणको प्रक्रियामा संलग्न भएको देखिएन भन्ने ठहर अदालतले गरेको हो।

अब बस्नेतलाई सम्पत्ति शुद्धीकरण र घुस लिएको दुवै अभियोगमा अदालतले के सजाय सुनाउनेछ भन्ने टुंगो असार १६ गते लाग्नेछ। दोषी ठहर भएका सार्वजनिक पदधारीमाथि कडा कारबाही हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार