श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा तानेर कारबाही शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।  घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ।

खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा तानेर कारबाही थालिएको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी प्रमुख लेनदेनमा मुछिएको घटनालाई गम्भीर मान्दै छानबिन समिति गठन गरेको उक्त कार्यालयले जनाएको छ।

‘छानबिन समिति बनेको छ, तीन सदस्यीय समितिले रिपोर्ट दिएपछि के कस्तो कारबाही गर्नेबारे टुंगो लाग्छ,’ मधेस प्रहरी कार्यालय स्रोतले भन्यो।

खतिवडामाथि एक युट्युब च्यानलमा विभिन्न मुद्दामा लाखौं असुली गर्ने गरेको, सर्वसाधारणलाई दु:ख दिएर असुल्ने गरेको तथा त्यस कार्यमा सई त्रिपाठीलाई खटाएको आरोप लागेको थियो।

युट्युबको भिडिओ अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ। त्यस कार्यमा खतिवडाको के कस्तो मिलेमतो भन्ने यकिन भइसकेको छैन।  न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार