असार २२, २०८२ आइतबार July 6, 2025

‘माओवादी डेट एक्सपायर औषधि भइसक्यो’ : हिसिला यमी

पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरूमा पुनः एकताका लागि भइरहेको प्रयासप्रति असहमतिको संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ११ गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की नेतृ हिसिला यमीले नेकपा (माओवादी केन्द्र) माथि कडा आलोचना गर्दै ‘डेट एक्सपायर’ औषधि को संज्ञा दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत यमीले माओवादी अब अप्रासंगिक भइसकेको टिप्पणी गरेकी हुन्।

एक माओवादी समर्थक प्रयोगकर्ता ‘सी जीवन’ ले डा. बाबुराम भट्टराईलाई पुनः माओवादीमा फर्किन आह्वान गर्दै गरिएको पोस्ट शेयर गर्दै यमीले लेखेकी छन्, “माफ गर्नुहोला, हाल माओवादी डेट एक्सपायर औषधि भइसक्यो। त्यसको संरचनाले अब कब्जियत बढाउँछ।”

उनको भनाइले पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरूमा पुनः एकताका लागि भइरहेको प्रयासप्रति असहमति संकेत गर्छ। उनले माओवादी संरचनाबाट अब ‘पार नलाग्ने’ जिकिर गर्दै पुन: फर्किन नहुने धारणा सार्वजनिक रुपमा स्पष्ट गरेकी छन्।

बाबुराम–हिसिलाको माओवादी त्याग

डा. बाबुराम भट्टराई र यमी दुवै सशस्त्र माओवादी जनयुद्धका अग्रपंक्तिका नेता थिए। संविधानसभाबाट संविधान जारी भएपछि डा. भट्टराईले २०७३ सालमा माओवादी केन्द्र परित्याग गरी नयाँ शक्ति पार्टी गठन गरेका थिए। त्यसैबेला यमीले पनि माओवादी त्यागेकी थिइन्।

पछि नयाँ शक्ताले मधेशवादी दलहरूसँग मिलेर विभिन्न एकता र फुटको प्रक्रियामा सहभागिता जनाउँदै आएको छ। हाल उनीहरू नेपाल समाजवादी पार्टी (नेसपा) मा क्रियाशील छन्।

पूर्वमाओवादी पुनर्गठनको बहस

यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमाओवादी नेताहरूलाई पुनः एकीकृत गर्ने गृहकार्यमा जुटिरहेका छन्। नेत्रविक्रम चन्दसहितका नेताहरू पुनः माओवादीमा फर्किने सहमतिमा पुगेका छन् भने केही पुराना नेताहरू फर्किन सक्ने चर्चा पनि बढ्दो छ।

तर यमीको आलोचनाले देखाउँछ कि सबै पूर्वमाओवादीहरू यस्ता प्रयासमा सहमत छैनन्। बरु उनीहरूले माओवादीको विचारधारा, कार्यशैली र राजनीतिक प्रभावकारितामाथि नै प्रश्न उठाउन थालेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार