असार २२, २०८२ आइतबार July 6, 2025

समाजवादी प्रेस संगठन मधेस प्रदेश अध्यक्षमा मनोज पटेल सर्वसम्मत

रेडियो सिमाञ्चल, नेपालपोष्ट डेली अनलाइन र नेपालपोष्ट डेली पत्रिकाका सञ्चालक पटेल बने प्रदेश अध्यक्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज । समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगञ्जका पत्रकार मनोज पटेल चयन भएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार सम्पन्न संगठनको विस्तारित बैठकले अध्यक्षमा पटेललाई चयन गरेको हो ।

पटेल, वीरगञ्जबाट प्रशारण भइरहेको रेडियो सिमाञ्चल, नेपालपोष्ट डेली अनलाइन र नेपालपोष्ट डेली पत्रिकाका सञ्चालक हुन् ।

यस्तै, बैठकले समाजवादी प्रेस संगठनको मधेस प्रदेशको उपाध्यक्षमा बाराकी पत्रकार शारदा पोखरेल, सचिवमा सप्तरीका पत्रकार प्रमोद चालिसे, सहसचिवमा महोत्तरीका पत्रकार ममता विश्वकर्मा र कोषाध्यक्षमा सिरहाका पत्रकार रामपुकार यादवलाई चयन गरेको संगठनका मधेस प्रदेश इन्चार्ज बृजलाल पासवानले जानकारी दिए ।

पासवानकै अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यताममा बसेको बैठकमा संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, महासचिव रोहित दाहाल, कोषाध्यक्ष भरतराज पोखरेल, सचिवालय सदस्य रेबेन्द्र कार्की, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य मनोज चौधरीलगायत सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार