श्रावण ७, २०८२ बुधबार July 23, 2025

काठमाण्डौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाण्डौं लगायत उपत्यकाका तीन जिल्लामा थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया