श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पुजारी हत्याको विरोधमा उत्रिए चितवनका धार्मिक संगठनहरु आन्दोलित (ज्ञापनपत्र सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारी श्रीराम शाह हत्याको विरोधमा चितवनका धार्मिक संगठनहरुले चितवन सिडिओलाई ज्ञापनपत्र वुझाएका छन् ।

हिन्दु जागरण नेपालको संयोजकत्वमा चितवनका दुईदर्जन धार्मिक संघ-संस्थाका प्रतिनिधिहरुले आज जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र वुझाएका हुन् ।

यस घटनाको विरोधमा हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्लेद्वारा हस्ताक्षरित संयुक्त ज्ञापनपत्रमा अपराधीलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी, गम्भीर भएर कानुनबमोजिम सजाँय गर्न माग गरिएको छ । ज्ञापनपत्रमा प्रत्येक मठमन्दिर तथा गुम्वाहरुको सुरक्षाका निम्ति ठोस उपाय अवलम्वनको समेत माग गरिएको छ ।

भदौं ३ गते बुधबारको दिन साँझको नियमित पुजा सकेर राती खाना खान बसेका पुजारी श्रीराम शाहको अज्ञात समुहले कन्चेटमा गोली हानी हत्या गरेको थियो । उनी रौतहट जिल्ला माधवनारायण नगरपालिका २ खेसरहीयाका हुन ।

संयुक्त ज्ञापनपत्रमा श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिरका अध्यक्ष एवं महन्त श्री १००८ स्वामी जगन्नाथाचार्य, वैकुष्ठनाथ परम वौद्धिक विद्या प्रतिष्ठानका अध्यक्ष यमलाल कँडेल, मालिका मन्दिर हाकिम चोकका अध्यक्ष महाप्रसाद सिलवाल, हरिकिर्तन धार्मिक संस्थाका अध्यक्ष हरिकिर्तन बाबा उमानाथ कँडेल लगायत विभिन्न २४ वटा संघ संस्थाहरुको ऐक्यवद्धता रहेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार