काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा सबै प्रशासनिक कार्य सम्पादन गर्नेगरी तोकिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेन प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलमा अर्थ, परराष्ट्र तथा योजना आयोगका उच्च अधिकारीहरू पनि सहभागी छन्।
प्रधानमन्त्रीको स्पेन भ्रमणलाई नेपालको विकास साझेदारी र वित्तीय स्रोत परिचालनका सन्दर्भमा अन्तर्राष्ट्रिय तहमा सशक्त उपस्थिति बनाउने अवसरको रूपमा हेरिएको छ। चारदिने सम्मेलनमा विकासशील राष्ट्रहरूको वित्तीय आवश्यकता, स्रोत परिचालन, कर्जाको नीतिगत दृष्टिकोणलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया