श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माण हुनुपर्नेमा मन्त्री भण्डारीको जोड

निजी क्षेत्र लगानी गर्न तयार भए पनि कानुनी जटिलताले त्यसो गर्न अक्षम भएका र लगानीयोग्य रकम थुप्रिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली,असार  १४ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कानुनी जटिलताका कारण देशमा ठूला उद्योग स्थापना हुन नसकेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित औद्योगिक नीतिको मस्यौदामाथि सरोकारवालासँगको छलफलमा उहाँले नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माणको आवश्यकता रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र लगानी गर्न तयार भए पनि कानुनी जटिलताले त्यसो गर्न अक्षम भएका र लगानीयोग्य रकम थुप्रिएको वास्तविकता सुनाउनुभयो ।

कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र कानुनी जटिलताकै कारण १० वर्षसम्म निर्माण हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, “दैजी छेला औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया प्रारम्भ भएको १० वर्ष भइसक्यो । तर कानुनी जटिलताका कारण अघि बढ्न सकेको छैन । नौ सय बिघा जमिन तयार छ ।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रलाई ३१ वटा विशेष बुँदामार्फत प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले कम्पनी ऐनमा सुधार, विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधार विकास लगायतका विषयमा सरकार सक्रिय भएर लागि परेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार