असार १९, २०८२ बिहिबार July 3, 2025

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

फाइनल खेलमा मधेस प्रदेशलाई ३६ का विरुद्ध ३७ अङ्कले सुदूरपश्चिम विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर,१४ असारः मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ ।

अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेस र सुदूरपश्चिम प्रदेशबीच आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ३६ का विरुद्ध ३७ अङ्कले सुदूरपश्चिम विजयी भएको हो ।

प्रतियोगितामा समान अङ्कका साथ लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । उपाधि उचाल्न सफल सुदूरपश्चिमले रु २५ हजार नगद तथा स्वर्ण पदक प्राप्त गरेको छ भने द्वितीय भएको मधेस प्रदेशले नगद रु २० हजारसहित रजत पदक प्राप्त गरेको छन् ।

तृतीय स्थान प्राप्त गरेका बागमती तथा लुम्बिनी प्रदेशलाई नगद रु १५ हजार तथा कास्य पदक प्रदान गरिएको छ । उक्त मन्त्रालयका सचिव रञ्जितकुमार यादवले पुरस्कार प्रदान गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया