काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखिसुरु हुँदै छ । कांग्रेसको केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो । जबकी विधानअनुसार दुई–दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्छ ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भ्रातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।
यसैगरी १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस हुने छ । पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिने छन् ।
बैठकमा सरकारको एक वर्षकोसमेत समीक्षा हुनेछ । त्यसैगरी पार्टीभित्र बढेका अनुशासन उल्लंघनका घटनाबारे पनि छलफल हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया