असार १९, २०८२ बिहिबार July 3, 2025

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

समितिका सभापतिहरूसँग संघीय संसद भवन, नयाँ बानेश्वरमा सभामुखले छलफलका लागि बोलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १६ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई सामुहिक छलफलमा बोलाएका छन्।

आज दिउँसो २ः०० बजे समितिका सभापतिहरूसँग संघीय संसद भवन, नयाँ बानेश्वरमा सभामुखले छलफलका लागि बोलाएका हुन ।

छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘सभामुखले २ः०० बजे समिति सभापतिहरूसँग शंकर हल, नयाँ बानेश्वरमा छलफल गर्दै हुनुहुन्छ, आजको छलफलको विषय रहेको छ–विधेयकको अवस्था लगायत ।’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया