कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कास्कीको मादी गाउँपालिकाको बजेट ६० करोड ५० लाख

व्यावसायिक र गुणस्तरीय कृषिको विकास तथा आन्तरिक रोजगारीको बढोत्तरीलाई बजेटमा प्राथमिकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की। कास्कीको मादी गाउँपालिकाले आन्तरिक रोजगारी वृद्धिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ।

गाउँपालिकाले आगामी वर्षका लागि रु ६० करोड ५० लाख २० हजार बजेट ल्याएको हो। गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आज गाउँसभामा आगामी आवको बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन्।

मादीमा नेपाली कांग्रेस र नेकपा (एमाले)का गाउँसभा सदस्यहरूको बीचको विवादका कारण गत असार १० गते बजेट प्रस्तुत हुन सकेको थिएन। दलहरूबीच सहमतिपछि एक साता ढिला गरी बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिकाले रोजगारी बढोत्तरीका लागि रोजगार आयोजना सञ्चालनका लागि रु २५ लाख ७२ बजेट बजेट छुट्टाइएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिइन्। पालिकाभित्र लघु तथा घरेलु उद्यमको विकासका लागि युवा लक्षित कार्यक्रम सञ्चालमा जोड दिइएको छ। यसैगरी कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।

बजेटमा संघीय सरकारको तर्फबाट प्राप्त वित्तीय समानीकरणतर्फको अनुदान रकम रु १० करोड २२ लाख, राजस्व बाँडफाँटतर्फको अनुदान रकम रु ११ करोड ३९ लाख ४९ हजार, सशर्ततर्फ चालु खर्च रु २५ करोड ५९ लाख तथा पुँजीगततर्फ रु दुई करोड १० लाख तथा विशेषतर्फ रु ७२ लाख गरी कूल रु ३० करोड ८८ लाख रहेको छ।

यसैगरी आन्तरिक आय रु चार करोड ५८ लाख ७२ हजार अनुमान गरिएको छ। यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरणको रु एक करोड १२ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट रु एक करोड १५ लाख ६६ हजार र विशेष र समपूरक गरी रु एक करोड अनुमान गरिएको छ।

बजेटमा पूर्वाधार विकासतर्फ रु १५ करोड ५० लाख ४० हजार विनियोजन गरिएको छ। नेपाल सरकारको सर्शत कार्यक्रमका लागि रु २८ करोड ४० लाख ६२ हजार, आर्थिक विकासतर्फ रु दुई करोड ९६ लाख ९१ हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताइन्।

गाईभैँसी नयाँ पकेट विकास कार्यक्रमको लागि रु २५ लाख विनियोजन गरिएको छ। स्थानीय उत्पादनको बजारीकरण सहयोग कार्यक्रमको लागि रु २० लाख ५० हजार विनियोजन गरिएको छ।

व्यावसायिक र गुणस्तरीय कृषिको विकास तथा आन्तरिक रोजगारीको बढोत्तरीलाई बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष गुरुङले बताइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार