काठमाण्डाैंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारीचालकमा कोरोना पुष्टि भएको हो ।
उनी मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका छन् । २३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले जानकारी दिए ।
स्वकीय सचिव ओलीका अनुसार सवारीचालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ आइसोलेसनमा बसेका छन् ।
चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका हुन् । मुख्यमन्त्री भट्टको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
२३ वर्षीय चालक मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका छन् । उनी मुख्यमन्त्रीसँगै उनको परिवारसहित केही दिनअघि डोटी पुगेर फर्किएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया