काठमाडौं, असार १९ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा पार्टीका सांगठानिक गतिविधि, १५औँ महाधिवेशन, भ्रातृ संस्थाहरूको अधिवेशन तथा वर्तमान राजनीतिक परिस्थिति र बजेटबारे व्यापक छलफल भइरहेको छ।
बैठकमा सहभागी नेताहरूले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका छन्। उनीहरूले सात बुँदे सहमतिअनुसार सरकारले काम नगरेको आरोप लगाएका छन्।
बैठकमा देउवा पक्षधर नेताहरूले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि रणनीतिक रूपले घातक हुने बताएका छन्। उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा गठबन्धनबाट बाहिरिनु कांग्रेसको हितमा नहुने धारणा राखेका छन्।
यससँगै पार्टीको १५औँ महाधिवेशन र भ्रातृ संगठनहरूको अधिवेशन तत्काल सम्पन्न गर्नुपर्ने माग पनि बैठकमा उठेको छ। पार्टीभित्रको सांगठानिक नवीकरण र भविष्यको रणनीतिबारे थप छलफल आजको बैठकमा जारी रहने कांग्रेसका एक नेताले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया