असार २१, २०८२ शनिबार July 5, 2025

पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा

सम्मेलनमा खनालले नेपालको राजनीतिक अनुभव, सभ्यताको धारणा र बहुपक्षीय सहकार्यबारे धारणा राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जान लागेका छन् ।

आगामी आइतबार चीन प्रस्थान गर्न लागेका खनालले ‘वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभ’ नामक सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय तहको उक्त सम्मेलनमा विभिन्न देशका पूर्वराष्ट्रप्रमुख, विद्वान्, नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा खनालले नेपालको राजनीतिक अनुभव, सभ्यताको धारणा र बहुपक्षीय सहकार्यबारे धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ ।

छ दिनको भ्रमणपछि नेता खनाल आगामी साता नेपाल फर्कने छन् । नेता खनाल यसअघि पनि चीनसहित विभिन्न देशको भ्रमण गर्दै अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया