असार २१, २०८२ शनिबार July 5, 2025

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर खेल्दै

आजको खेल मलेशियाको बाङ्गीमा अहिले बिहान पौने ८ बजे शुरू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दैछन् । यो खेल मलेशियाको बाङ्गीमा अहिले बिहान पौने ८ बजे शुरू हुनेछ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेटले हराएको थियो । यस्तै सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।

समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया