असार २१, २०८२ शनिबार July 5, 2025

संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्छ : सांसद कार्की

पार्टीमा नै कुरा गरेर छलफल गरेर बुझेर मात्रै संशोधन हालौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उहाँले संसदमा प्रश्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने बताउनु भयो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियड हेरफेरको विषय उठाउँदै उहाँले यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । यसबाट सांसदहरु झस्किएको र सबै दफाहरुको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति निर्माण गर्दा संसदमा जुन विधेयक प्रश्तुत हुन्छ, त्यो विधेयक प्रश्तुत गर्दा समय दिइएको हुन्छ, संशोधन गर्न । त्यो समय संशोधन गर्दा धेरै गम्भीर भएर संशोधन हाल्नुपर्छ । त्यो स्थिति हामीले देख्यौँ । त्यसमा अलि अध्ययन गरेर, आफ्नै पार्टीलाई पनि सबै कानूनव्यक्ता छैनौँ । पार्टीमा नै कुरा गरेर छलफल गरेर बुझेर मात्रै संशोधन हालौँ । अस्ति राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेरको जुन कुरा आयो । सांसदहरु झनै झस्किएका छन् । त्यो दफा दफामा हेर्नुपर्छ । यसबाट हामीले पाठ सिक्नुपर्छ । हाम्रो भुमिका विधायिका बनाउने हो ।’

समितिको बैठकमा शनिवार ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार