असार २१, २०८२ शनिबार July 5, 2025

माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत

माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाकै व्यापारी भएको बताएका छन्।

संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ।

बस्नेतले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ। सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ। साना दलहरुलाई प्रयोग गर्छ। सरकार टिकाउन अन्य पार्टी फुटाउँछ । कसैसँग निहु खोज्न एउटा गठबन्धन गर्छ, आफै जाकिने भएपछि फेरि गठबन्धन फेर्छ । बाहिर जे भनेपनि संसदीय व्यवस्थामा सबैभन्दा बढी माओवादी रमाएको छ।’

संसदीय व्यवस्थामा सुधार वा उपयुक्त विकल्प खोज्नुपर्ने माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको उनको आरोप छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार