काठमाण्डौंः विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले पाएका छन्।
अध्यक्ष समीक्षा बाँस्कोटा जर्मनीको भ्रमणमा निस्कने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारले पाएका हुन्।
शनिबार (आज) जर्मनी उडेकी अध्यक्ष बाँस्कोटा असार ३१ गतेसम्म त्यतै रहनेछिन्।
त्यस अवधिभर पार्टी विधानअनुरूप कामकार्यवाही गर्नेगरी अध्यक्ष बाँस्कोटाले परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया