काठमाण्डाैंः संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा गत ८ अगष्टमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार मृतकद्वय एक जना मोरङ र अर्का एक जना तनहुँका युवा रहेका हुन् ।
उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी दिएको छ ।
मृतकमध्ये मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ र तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेका छन् । यसअघि श्रेष्ठको मात्र परिचय खुलेको थियो । गुरुङको भने पहिचान भइसकेको थिएन । दुई जनाबीच विवाद भएको र एक अर्कामा धारिलो हतियार प्रहार हुँदा ज्यान गएको अनुमान गरिएको छ ।
यद्दपी प्रहरीको अनुसन्धानबाट मात्र घटनाको पुष्टी हुने भएको छ । विदेशमा आपसी विवादमा धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया