काठमाण्डौंः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकूलता, असहजता, विघ्नबाधामा अनुकूलता खोज्नुपर्ने बताएका छन्।
शनिवार काठमाडौँमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा देखिने गरेको भन्दै उनले प्रतिकूलता, असहजता, विघ्नबाधामा अनुकूलता खोज्न जरुरी रहेको बताए।
उनले प्रबुद्ध वर्गले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताए। उनले अवसरहरू वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताए। अवसर गुम्यो भने देश र जनताको बेहाल हुने जिकिर गरे।
त्यसैले आफ्नो वरपर रहेका अवसरलाई सूक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको बताए। अब पनि अवसर नियाल्न ढिलो गरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताए। शासन र प्रशासन भन्ने दुईवटा शब्दबाट सुशासन बन्ने बताए।
प्रधानन्यायाधीश राउतले भने, ‘अवसरहरू हाम्रा वरिपरि नाचिरहेका छन्। हाम्रो अकर्मण्यता‚ उदासीनता, अक्षमताले चिन्न र समात्न पो सकिएन कि ? अवसरले हामीलाई कहिल्यै पर्खिंदैन।’
प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट नै चम्किने जिकिर गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया