असार २४, २०८२ मंगलबार July 8, 2025

आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना

बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अछाम, कञ्चनपुर, जाजरकोट र कैलालीमा मध्यम वर्षा भएको छ । पानी परिरहेका ती ठाउँका खोला नदीहरुमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अछामको गोपघाट, ओलीगाउँ, कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर, जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र कैलाली बचिला वर्षामापन केन्द्र र आसपासका केन्द्रहरुमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुने भएकाले ती क्षेत्र भई बहने खोला तथा होचा भू–भागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज पनि सबै प्रदेशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया