असार २४, २०८२ मंगलबार July 8, 2025

भोटेकोशी बाढी : १८ जना बेपत्ता, ९ जनाको उद्धार

बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको भीषण बाढीमा परी १८ जना बेपत्ता भएका छन्।

चीनतर्फको भारी वर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीमा बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ भने बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया