असार २५, २०८२ बुधबार July 9, 2025

स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह

ओलीको स्पेन भ्रमणबारे गलत प्रचार: सबै प्रतिनिधि स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे गलत प्रचार भइरहेको बताएको छ ।

स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रम बाहना बनाएर गएकाहरू नफर्किएको बताएकी थिइन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभई विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको विषय भएको जिकिर गरेकी थिइन् ।

संसदमा यस विषयमा कुरा उठेपछि मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक र आधारहीन यस्ता सामग्रीमा विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको छ ।

३० जुनदेखि ४ जुलाईसम्म सम्पन्न उक्त सम्मेलनमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सबै सदस्यहरू स्वदेश फर्किसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार