काठमाण्डौः पछिल्लो २४ घन्टामा थप ७४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षणबाट ७४३ नयाँ सङ्क्रमित देखिएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप २२४ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १७७, लतिपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ ।
काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा साेमबार मात्रै २ सय २४ जना थपिएका हुन् । जसमध्ये भक्तपुरमा १४ , ललितपुरमा ३३ र काठमाडौंमा १ सय ७७ रहेका छन् ।
देशभर संक्रमितको संख्या ७ सय ४३ रहेको छ । योसँगै देशभर संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएको पुष्टि भएकोे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया