काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको आकस्मिक बैठक आज बिहान बोलाएका छन्।
बिहान ८ बजेदेखि कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बैठक सुरु भएको हो। कांग्रेस केन्द्रीय अनुशासन समितिले हालै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा केही नेताहरूलाई कारबाही गरेपछि त्यससम्बन्धी रणनीतिक छलफलका लागि बैठक आयोजना गरिएको हो।
बैठकमा अनुशासन समिति र केन्द्रीय नेतृत्वको निर्णयबारे असन्तुष्टि, जवाफ, र आगामी पार्टीभित्रको रणनीतिबारे व्यापक छलफल हुने अनुमान गरिएको छ।
शेखर कोइराला समूहभित्र अनुशासन र नेतृत्वप्रति असन्तुष्टि पोखिँदै आएको सन्दर्भमा यो बैठक महत्त्वपूर्ण मानिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया