काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ ।
पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनका अनुसार, इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्नेछ । त्यस्तै, उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई कमाण्डरको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।
रास्वपाले प्राप्त आवेदनहरूको मूल्यांकन गरी उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया