श्रावण १, २०८२ बिहिबार July 17, 2025

यस्ता छन् काँग्रेस सांसद गगन थापाले महानगर प्रमुख शाक्यलाई दिएका सुझावहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकामा बढिरहेको कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर सुझाव दिएका छन् ।

आइतवार महानगर प्रमुख र महानगरको स्वास्थ्य विभागका प्रतिनिधिलाई भेटी महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिने सुझाव दिएका हुन् ।

सांसद थापाले महानगरमा कोरोना जोखिम न्यूनिकरणका लागि काठमाडौंबाट प्रतिनित्व गर्ने सांसदहरु(प्रतिनिधि सभा र प्रदेश सभा) सँग समन्वय गर्न समेत सुझाएका छन् ।

त्यतिमात्र नभएर सांसद थापाले नेपालमा कोरोना संक्रमण फैलिन शुरु भएदेखि नै सरकारलाई तथ्यसहित सुझावहरु दिइरहेका छन् ।

यस्ता छन सांसद थापाले महानगर प्रमुख शाक्यलाई दिएका सुझावहरु :

कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ।पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको छ।महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ। बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसंग छलफल गरी देहायका कुरामा ध्यानाकर्षण गरेको छु।

१. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्।हामी सँगै काम गर्न चाहान्छाैं। तपाईँ सफल हुनुभनेकाे हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्।

२.महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न।

२.कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्ड/टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन।

३.अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारकाे दायित्व हो तर आइसाेलेसनकाे जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न।

४.खाद्यान्न पसल दिनको १-२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने,सामान किन्न स्थानीय तहले एक घर एक पासकाे व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ।

५. काेराेना संक्रमण संग जाेडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन्।नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न।

उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ।हामी सबै सहयोग गर्न तयार छौँ। सबै तह र निकायसंग समन्वय गर्नुहोस्।महानगरको संरचनालाई गतिशील बनाउनुहोस्।आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस्। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार