श्रावण १, २०८२ बिहिबार July 17, 2025

काँग्रेसलाई कोरोना बहाना, समायोजनमै सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ ।

कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन गर्दै पार्टीका सबै तहलाई मुलुकको नयाँ संरचनाअनुसार लैजाने निर्णय गरे पनि महासमिति सकिएको २० महिना पूरा हुँदासमेत समायोजनलाई अन्तिम रूप दिन सकेको छैन ।

पार्टीको १४औं केन्द्रीय महाधिवेशन आगामी ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको कांग्रेसका लागि महाधिवेशनमा जानुअघि नै समायोजन सक्नुपर्ने बाध्यता छ ।

कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले महाधिवेशन मितिबाहेक पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा पटक पटक हेरफेर गरिसकेको छ ।

जसअनुसार कांग्रेसले साउन २०७६ मा नै पहिलो पटक समायोजन सक्ने भनेको थियो । त्यसपछि सोही सालको मंसिर हुँदै फागुनमै संरचना समायोजनको काम सक्ने बताएको थियो । पटक पटकको मिति त्यसै टारेको कांग्रेसले फेरि गएको १५ असारसम्म समायोजन सक्ने भन्दै मिति नै तय गरेको थियो ।

यसैगरी, पछिल्लो पटकसमेत गत १० साउनसम्ममा सबै तहका संरचनाको समायोजन सक्ने भन्दै केन्द्रीय समितिबाट मिति नै तय गरेको थियो । पछिल्लो पटक तोकिएको मितिमा एक महिना नाघ्नै लाग्दा पनि कांग्रेसले समायोजनको काम सकेको छैन ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ६५ जिल्लाभन्दा बढीको समायोजन सकिएको तर केही जिल्लामा भने कोरोनाका कारण वडा तह तथा स्थानीय तहका समायोजन बाँकी रहँदा समस्या भएको बताए ।

‘करिब ६५ जिल्लामा समायोजन सकिएको छ, केही जिल्लामा एउटा वडाको मात्रै बाँकी रहँदा पनि रोकिएको अवस्था छ, केही जिल्लामा कोरोनाका कारण पनि ढिला भइरहेको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले राजधानीसँग भने ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ६५ जिल्लाभन्दा बढीको समायोजन सकिएको तर केही जिल्लामा भने कोरोनाका कारण वडा तह तथा स्थानीय तहका समायोजन बाँकी रहँदा समस्या भएको बताए ।

उनका अनुसार समायोजन नसकिएका जिल्लाहरूलाई पार्टी केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता वितरण र नवीकरणको फाराम नै पठाएको छैन ।

कांग्रेसले पछिल्लो पटक समायोजनको काम सकेर क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्रै सक्न र भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको छ ।

यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ ।

यसैगरी, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय बैठकले गरेको हो ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।

कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणकै कारण प्रभावित भएको थियो ।

कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

यसअघि कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका १ सय ६५ क्षेत्रमध्ये १ सय ३५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये २ सय ७० को मात्र समायोजनको काम सकिएको बताएको थियो । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार