काठमाण्डाैंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भइरहेको दूरव्यवाहारप्रति आपत्ति जनाएको छ । नेपाल तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग समेत गरेको छ ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउन पनि सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरसको महामारीमा समाजको अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले उच्च सम्मान पनि प्रकट गरेको छ ।
यस्तो छ तरुण दलले जारी गरेको प्रेश विज्ञप्तीः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया