श्रावण ७, २०८२ बुधबार July 23, 2025

पाँचौं चरणको चाटर्ड उद्धार उडान पुनः आजबाट शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाँचौं चरणको चाटर्ड उद्धार उडान पुनः आज (मंगलबार)बाट सुरु हुने भएको छ । यसअघि विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका अलपत्र नेपाली नागरिकलाई राख्ने होटल क्वारेन्टिन व्यवस्थापन भई नसकेको भन्दै सरकारले गत १ भदौदेखि नै सञ्चालनका लागि तय भएको उद्धार उडान केही दिन रोक्ने निर्णय भएको थियो । त्यसलगत्तै उत्पन्न चौतर्फी दबाबपछि अहिले सरकारले पुनः पाँचौं चरणको उद्धार उडान थालनी गर्न लागेको हो ।

गत गत ३२ साउनमा क्वारेटिन होटलको व्यवस्थापन हुन नसकेको भन्दै कोरोना (कोभिड –१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशनमा विदेशबाट नेपालीलाई ल्याउने उद्धार उडान अहिलेसम्म स्थगित भएको थियो ।

अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारबाट स्थगित भएको उद्धार उडान पुनः सञ्चालन हुने गरी नयाँ तालिका तय गरेको छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको यस नयाँ चाटर्ड उद्धार उडान तालिका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले त्यहाँ अलपत्र नेपालीलाई काठमाडौं ल्याउनेछ ।

यसैगरी, बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट त्यहाँ अलपत्र नेपाली यात्रु ल्याउनेछ । स्वदेशी वायुसेवा कम्पनीको उडान तालिका भने बिहीबार मात्र रहेको छ । आगामी बिहीबार मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रियाद र अर्को निजी लगानीमा सञ्चालित स्वदेशी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले दमामबाट त्यहाँ अलपत्र नेपाली यात्रु ल्याउनेछ ।

त्यसैगरी, आगामी बिहीबार नै युरोप र अमेरिकामा अलपत्र नेपाली यात्रुलाई टर्किस एयरलाइन्सले त्यहाँबाट बोकेर काठमाडौं ल्याउने गरी नयाँ उडान तालिका तय गरिएको मन्त्रालयले जनाएको छ । अहिले सरकारले १६ भदौबाट भने नियमित उडान भर्ने निर्णय गरिसकेको छ । त्यसअघिका ८ दिनसम्म पाँचौं चरणको चाटर्ड उद्धार उडानलाई नै निरन्तरता दिन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस्तो उद्धार उडानबाट स्वदेश फर्किने नेपाली यात्रुले अनिवार्य कोरोना संक्रमण नभएको पीसीआर रिर्पोटसँगै आफू बस्ने क्वारेन्टिन होटल बुकिङ गरेको विवरणसमेत लिएर आउनुपर्ने बताएको छ । यसैगरी, मन्त्रालयले पीसीआर नभएका यात्रु ल्याएको देखिएमा उनीहरूलाई क्वारेन्टिनमा राखेको सबै खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोर्नुपर्ने बताएको छ ।

मन्त्रालयले जानकारी गराएअनुसार यस्तो उद्धार उडानमा सहभागी हुने वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउनेछन् । उद्धार उडानबाट नेपाल आइसकेपछि अब सबै यात्रु अनिवार्य ७ दिन सरकारले तोकिदिएका क्वारेन्टिन होटलमा अनिवार्य बस्नुपर्नेछ । यसरी बस्दाको खर्च व्यक्ति आफैंले बेहोर्नुपर्छ । अहिलेको निणर्यअनुसार सरकारले दैनिक ५ सय जना यात्रुलाई मात्र काठमाडांै भित्रिन अनुमति दिइएको छ । विदेशी वायुसेवा कम्पनी टर्किस र कतार एयरवेजले एउटा चाटर्ड उद्धार उडानमा जम्मा १ सय जना यात्रुसम्म मात्र बोक्न पाउनेगरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ । त्यसभन्दा बढी ल्याउन नपाइने नयाँ मापदण्ड तोकिएको मन्त्रालयले जनाएको छ ।

हाल सरकारले पाँचौं चरणको चाटर्ड उद्धार उडानमार्फत विभिन्न मुलुकबाट स्वदेश फर्किनेलाई सात दिनसम्म राख्न क्वारेन्टिन होटलको सूची नै बनाइदिएको छ । यस्तो चाटर्ड उद्धार उडानमा फर्कने अलपत्र कामदारले अब विदेशबाटै आफू बस्ने होटल अनलाइन बुकिङ गर्नुपर्नेछ । जसअनुसार विदेशबाट स्वदेश फर्किने हवाई यात्रुले तोकिएका पर्यटकीय स्तरदेखि ठूला पाँचतारे क्वारेन्टिन होटलमा बस्न एउटा कोठाको प्रतिदिन न्यूनतम १ हजार ८ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा बुकिङ गर्नुपर्नेछ । यसमा खाना र खाजाको खर्च पनि समावेश गरिएको छ ।

कोरोनाका कारण जागिर गुमेर विभिन्न मुलुकमा अलपत्र भई स्वदेश फर्किएका कामदारले सरकारले अनिवार्य एक साता तोकिएको क्वारेन्टिन होटलमा बस्नुपर्दा अब हवाई उडानबाहेक थप होटल बुकिङ खर्चको भार पनि खप्नुपर्नेछ । अहिले सरकारले तोकिदिएको होटल खर्चमा सबैभन्दा सस्तो पर्यटकस्तरीय होटलको एउटा कोठामा दुई जना मिलेर बस्दा पनि न्यूनतम प्रतिव्यक्ति १ हजार ८ सय रुपैयाँ थप आर्थिक भार खेप्नुपर्नेछ ।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निणर्यमा होटल क्वारेन्टिनमा बस्नुपर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्चसमेत सम्बन्धित यात्रुबाट लिनुपर्ने उल्लेख छ । यसरी उठाइएको होटल क्वारेन्टिनबापतको रकम सम्बन्धित होटललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एयरलाइन्सको हुने उल्लेख छ । राजधानि

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार