असार २९, २०८२ आइतबार July 13, 2025

‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर सहयोग गर्दै आएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताए।

साताव्यापी चीने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर सहयोग गर्दै आएको र त्यसलाई निन्तरता दिने प्रतिबद्धता जनाएको बताए।

सिपिसीको निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी उनले सिपिसीका नेताले नेपाललाई विकास सहायता प्रदान गर्नेतर्फ आफूहरु सधैँ सकारात्मक रहेको बताएका जानकारी दिए।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरिऔँ वर्ष पुगेको सन्दर्भमा नेता खनाल चीन भ्रमणमा गएका हुन्। बेइजिङमा रहँदा उनले सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार