असार २९, २०८२ आइतबार July 13, 2025

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

नेपाली भाषालाई अझै विश्वस्तरमा लैजाने गरी काम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यबाट भएको बताउनुभएको छ ।

भानुभक्तको २१२ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषा, साहित्य र संस्कृतिमा क्षेत्रमा भानुभक्तले गरेको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उहाँको सम्मान गर्ने गरेको बताउनुभयो । नेपाली भाषालाई अझै विश्वस्तरमा लैजाने गरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

युवापुस्तामा भानुभक्तको विचार पुर्‍याउन अझै काम गर्नुपर्नेमा पनि सभामुख घिमिरेले जोड दिनुभएको थियो । साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकास सहयोग पुग्ने उहाँको भनाइ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषालाई आजको अवस्थासम्म ल्याउन भानुभक्तले गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । नेपाली संसारका विभिन्न भू–भागमा फैलिएसँगै नेपाली भाषाको पनि विस्तार भएको उहाँले सुनाउनुभयो । रामायणमार्फत नै भानुभक्तले नेपाली भाषालाई विश्वभर फैल्याएको मन्त्री पन्तको भनाइ थियो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा तनहुँमा विभिन्न भाषाभाषीका आदिकविको प्रतिमालगायत संरचना बनाउन लागिनु सुखद रहेको बताउनुभयो । प्रतिष्ठानले पनि विविध भाषाभाषीका प्रतिमा बनाउन लागेको जानकारी पनि उहाँले गराउनुभयो ।

सम्मानित व्यक्तित्व साहित्यकार तुलसी दिवसले संस्कृति र साहित्यलाई केबल देखाउने रुपमा मात्र नलिई सांस्कृतिक, साहित्यिक एवं भाषिक व्यक्तिलाई सम्मान गरिनुपर्ने बताउनुभयो । भाषा, साहित्यका लागि आफूले ९० देशमा निमन्त्रणा पाएर त्यहाँ पुगी विचार राखेको स्मरण गर्दै त्यसैका लागि सम्मान पाएको अनुभूति भएको सुनाउनुभयो । नेपाली भाषा, साहित्यमा उहाँले गर्नुभएको योगदानको स्मरण यस वर्षको भानु जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो ।

कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी, भानु प्रतिष्ठानका पदाधिकारीलगायतले उहाँले नेपाली भाषा, साहित्य र सांस्कृतिक एकीकरणका लागि गर्नुभएको योगदान महत्वपूर्ण रहेकामा जोड दिनुभएको थियो । कार्यक्रमअघि रानीपोखरीस्थित भानु प्रतिमास्थलबाट सुरु भएको र्‍याली प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समापन भएको थियो ।

आदिकवि भानुभक्तको जन्म विसं १८७१ असार २९ मा भएको थियो भने निधन १९२५ असोज ६ मा भएको हो । भानुभक्तले संस्कृतमा लेखिएको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी योगदान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार