काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा भदौ १३ गते पार्टीको सचिवालय बैठक बोलाउने सहमति भएको छ ।
पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिबेदनमाथी छलफल गर्न बालुवाटारमा भएको भेटवार्तामा उक्त सहमति भएको हो ।
महासचिव बिष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले गत शनिवार बुझाएको प्रतिवेदनबारे छलफल गर्ने क्रममा प्रधानमन्त्री निवाश बालुवाटारमा मंगलबार बिहान करिब २ घण्टासम्म भएको छलफलले उक्त निष्कर्ष निकालेको हो । आजको छलफलमा अध्यक्षद्वयको अलावा गठित कार्यदलका संयोजक एवं पार्टी महासचिव बिष्णु पौडेल तथा तथा अर्का नेता जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो ।
बिहान पौने दश बजेदेखी साँढे ११ बजेसम्म भएको संयुक्त छलफलमा आगामी भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया