असार ३०, २०८२ सोमबार July 14, 2025

प्रदेश प्रमुख मियाँद्वारा विधेयक प्रमाणीकरण

विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित भएलगत्तै ऐनका रूपमा कार्यान्वयन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, २९ असारः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले आज आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययनपछि प्रमाणीकरण गरिएको प्रदेशप्रमुखका प्रमुख स्वकीय सचिव सावीर अलीले जानकारी दिनुभयो ।

विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुनेछ । त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुनेछ । आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्न अनुमति दिनेछ । यसैगरी, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तयार गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया