श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा अंकुशः जथाभावी लेखे कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेकपाभित्रको अन्तरविरोध चर्किंदा गुटमा विभक्त नेता–कार्यकर्ताले अर्का गुटप्रति सामाजिक सञ्जालबाटै आक्रमण गर्ने प्रवृत्ति सामान्य बनेको छ । सत्तारूढ नेकपामा पछिल्लो पटक देखिएको विवादमा त कतिपयले सरकारी सञ्चारमाध्यमकै दुरूपयोग गरेर मन परेका नेताको देवत्वकरण र नपरेकाको राक्षसीकरण नै गर्न भ्याए ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट नेताको बदख्वाइँ गर्ने प्रवृत्ति बढेपछि नेकपाले त्यसमा अंकुश लगाउने तयारी गरेको छ ।

विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले आफ्नो सुझाव पेस गर्दै सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्नेलाई कारबाही गर्न सिफारिस गरेको छ ।

कार्यदलले आफ्नो प्रतिवेदनको ४.७ मा दिएको सुझाव कार्यान्वयन भएमा नेकपाका नेता कार्यकर्ताले अब सामाजिक सञ्जाललाई हतियार बनाएर सहकर्मीमाथि आक्रमण गर्न पाउने छैनन् । जनप्रतिनिधि र पार्टी नेताको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा बनाइएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्न पनि कार्यदलले सुझाव दिएको छ ।

‘पार्टीमा विधि तथा पद्धति स्थापित गर्न, गुटबन्दी र अनुशासनहीनता अन्त्य गर्न तथा नेता कार्यकर्ता एवं जनप्रतिनिधिहरूको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा बनाइएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्नु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘सबैले विशेषतः जिम्मेवार कमरेडहरूले पारदर्शी र जवाफदेही जीवनशैली अपनाउनु पर्दछु । र, सबैलाई आफ्नो आचरण र कामप्रति जवाफदेही बनाउनु पर्दछु ।’ साँघुबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार