असार २५, २०८२ बुधबार July 9, 2025

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न डिसीसीएमसीको सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले बतायो ।

मंगलबार दिउसो बसेको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि सहभागी हुन्छन् ।

यसअघि भदौ ३ गतेदेखि १० गतेको राती १२ बजेसम्म उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार