असार ३१, २०८२ मंगलबार July 15, 2025

राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत

विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम केही संशोधनसहित स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार ३१ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३७ करोड ९३ लाख ८३ हजार बराबरको बजेट स्वीकृत गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १०औँ सिनेट बैठकले बजेट स्वीकृत गरेको हो। विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम केही संशोधनसहित स्वीकृत गरिएको बैठकले जनाएको छ।

बैठकमा विश्वविद्यालयको शैक्षिक, भौतिक, प्राविधिक तथा प्रशासनिक पक्षलाई सुदृढ गर्दै गुणस्तरीय शिक्षा विस्तार गर्ने विषयमा छलफल भएको थियो। स्वीकृत बजेटले विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति विस्तार, अनुसन्धान तथा नविन कार्यक्रम संचालनमा प्राथमिकता दिने बताइएको छ।

प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयलाई मधेस क्षेत्रमै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावनामा विश्वास व्यक्त गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया