असार ३१, २०८२ मंगलबार July 15, 2025

बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा

बरामद अफिम कर्णाली प्रदेशकै रुकुम, रोल्पालगायत जिल्लाबाट भारत तस्करीका लागि ल्याइएको हुनसक्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत, असार ३१ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नोट र लागुऔषध अफिमको कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट ठूलो परिमाणमा अवैध सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर बिक, र बाँके कोहलपुर नगरपालिका–११ स्थित जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।

प्रहरीले असार ३० गते दिउँसो १:३० बजे वीरेन्द्रनगर–१० शान्तिटोलबाट ठकुरीलाई ६ थान हजार दरका नक्कली नोटसहित नियन्त्रणमा लिएको थियो। त्यसै दिन साँझ ठकुरी र रामबहादुर सिंह बसोबास गर्दै आएको डेराबाट थप १२ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ।

यही दिन राति थप अनुसन्धानको क्रममा भेरीगंगा–१२ मा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर बिकलाई पक्राउ गरी खानतलासी गर्दा ११ पोका गिलो पदार्थ (अफिम जस्तो देखिने) जम्मा ११ किलो ३७२ ग्राम लागुऔषध बरामद गरिएको हो।

त्यसको भोलिपल्ट असार ३१ गते बिहान ८:३० बजे कोहलपुर नगरपालिका–११ स्थित न्युरोडमा रहेको मनबहादुर सहकारीको सञ्चालित मिडिया कार्यालय तथा बसोबास गरिरहेको कोठामा छापा मार्दा थप ५१ हजार रुपैयाँ बराबरका नक्कली नोट, १९ किलो ३०० ग्राम लागुऔषध, नोट छाप्न प्रयोग हुने क्यानन प्रिन्टर, कम्प्युटर सेट, क्यामेरा, कार्ड डिटर, चिप्स मेमोरीलगायतका उपकरणहरू समेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, पक्राउ परेकामाथि लागूऔषध तथा मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ।

प्रहरीले यो घटनालाई संगठित आपराधिक गिरोहको संलग्नता भएको ठानेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार