असार २२, २०८२ आइतबार July 6, 2025

एनेस्थेसिया सम्बन्धी विज्ञलाई अपरेशन थिएटरमा नै राख्नुपर्छ । – हृदयेश त्रिपाठी, सामान्य प्रशासनमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकार कहाँ असफल भईरहेको छ ? किन परिणामहरू बाहिर आउन छोड्यो ?

समुदायमा संक्रमितहरूको संख्या बढ्दै गईरहेको अवस्था छ । अहिले हामीलाई सबैभन्दा ठुलो चुनौती भनेको आइसोलेसन सेन्टर र बेडहरूको आवश्यकता छ जो कि अस्पताल पुग्नुभन्दा अगाडि संक्रमितहरूलाई उपचार, रेखदेख गर्ने ठाउँको आवश्यकता छ । सरकारले अस्ति मात्र निर्णय गरेर कम्तीमा पनि काठमाडौँमामात्रै ६ हजार आइसोलेसन बेडको खाँचो छ । ३५०० देखि ४००० को बन्दोबस्त भईसकेको छ । अहिलेको अवस्था भनेको आइसोलेसन बेडहरूको आवश्यकता पूरा गर्ने र त्यसपछि अवस्था जटिल बन्यो भने त्यहाँ आई.सी.यु र भेन्टिलेटरको संख्या बढाउनुपर्छ । निजी क्षेत्रको अस्पतालमा जुन जति छ, त्यसलाई प्रयोग गर्नुपर्ने अवस्था छ । त्यस्तो अवस्थामा यदि नेशनल मेडिकल कलेजको सहयोग प्राप्त गर्ने हो भने चुनौती सामना गर्न सक्ने अवस्था छ । नेपालगञ्ज, विराटनगर लगायत भैरहवा र यही काठमाडौँमा भएका मेडिकल कलेजहरूको सहयोग पाउने हो भने त हामी चुनौतीलाई सामना गर्न अलिकति अगाडि बढ्न सक्छौँ । सरकारले त्यसै ढंगको काम कारबाही अगाडि बढाएको छ ।

संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । कोभिडको नियन्त्रणको लागि भनेर तपाईहरूले भेन्टिलेटर पनि ल्याउनुभएको छ । आई.सी.यु पनि खरीद गर्नुभएको छ तर कही पनि प्रयोग गर्नुभएको छैन ?

भेन्टिलेटर र आई.सी.युहरूको अझैपनि पूरा क्षमताअनुसार प्रयोग भएको छैन । मूल अहिले चुनौती भनेको चिकित्सक परामर्श सहितको मेडिकल सुपरभाइजमा आइसोलेसन सेन्टरको आवश्यकता हो । यहाँ न्युनतम एम्बुलेन्स सेवा छ ।

भेन्टिलेटर र आइसोलेसन सेन्टर सञ्चालन गर्ने विज्ञहरू पनि चाहिएला नि ?

हाम्रो कर्मचारी संख्या हेर्दा हामीले कहाँबाट सुरु गरेका थियौँ भने एउटा मात्र ल्याब भएको र त्यही ल्याबको पनि परीक्षण गर्न विदेशमा पठाउनुपर्ने अवस्थाबाट सुरु भएको हो । हामीसँग सुविधा भनेको त्यति मात्र थियो । देशभरि नै एउटा ल्याब, टेकुको ल्याब मात्रै थियो । त्यो पनि सम्पूर्ण सुविधायुक्त थिएन । अहिले आएर २ दर्जनभन्दा बढी ल्याबहरू देशभरि क्रियाशीलमा रूपमा आइरहेका छन् । अहिलको अवस्था भनेको धेरै भावनामा नलागिकन आइसोलेसन सेन्टरको आवश्यकता छ । संक्रमितको संख्या बढ्दो छ । संक्रमितलाई रेखदेख, उपचार, चिकित्सक सहितको यसमा एम.डि.एम.एस जतिसुकै ठुलो चिकित्सक भए पनि यसको उपचार भनेको अहिले संसारमा नै न्युन छ । हामीकहाँ पनि त्यही नै छ । योभन्दा बढी संसारमा नै कसैले केही गर्न सकेको छैन । प्राविधिकहरूको संख्या न्युन छ । हाम्रो निजामति सेवामा कर्मचारीहरूको संख्या न्युन छ । हाम्रो निजामति सेवाको बनावट नै असन्तुलित छ । जुन सेवाको खाँचो जसरी हुनुपर्ने हो त्यो अनुसार हामीले बनाउन सकेका छैनौँ । चिकित्सक, ईन्जिनियर, कृषि विज्ञ, वन विज्ञ आवश्यकता जति हुनुपर्ने हो त्यो अनुपातमा हामीसँग छैन । तर अरू निजामति आवश्यकताभन्दा बढी छन् । मैले त त्यही मन्त्रालय हेरिरहेको हुनाले समायोजनले बिगारेको छ । एनेस्थेसिया सम्बन्धी विज्ञलाई अपरेशन थिएटरमा नै राख्नुपर्छ । त्यसैले जुन ढंगले समायोजन भयो, त्यसले पनि बिगारेको छ । हेल्थ पोस्टहरू जुन दुर्गम क्षेत्रमा थिए, ती व्यक्तिहरूको समायोजन पनि सुगम क्षेत्रमा गरिदिएर ती हेल्थ पोस्टहरू खाली भए ।

अब निषेधाज्ञा लम्ब्याउनुको विकल्प छैन भनेर आवाज उठिसक्यो नि ?

यहाँको अवलोकनको अवस्था स्थानीय तहले बुझिरहेको छ । यसमा जिम्मेवार मेयरहरू हुनुहुन्छ । सुरुदेखि लकडाउनमा उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यो नेतृत्वले काठमाडौँको भयावह अवस्थालाई प्रत्येक दिन सयकडा २०० काठमाडौँमा संक्रमण बढिरहेको छ । त्यो सबैलाई मध्येनजर गरेर यो निर्णय निकाल्नुभएको हो । मलाई लाग्छ, सरकार र स्थानीय तहले नै धेरै नजिकबाट परिस्थितिमा नियालिरहेको छ । त्यसै अनुसार कदम अगाडि बढाउनुपर्छ । यो हाम्रो इच्छा होइन, विज्ञहरूको सल्लाहले गर्दा निषेधाज्ञा जारी गरेर कुनै बहादुरीको विषय होइन ।

शेखर कोइरालाको एउटा तर्क छ । तपाईहरूले ईश्वर पोखरेलको कमिटिको निर्णयलाई नै स्थगित गर्नुभयो अरे नि ?

हामीले आफ्नै हिसाबले मूल्याकंन गरेका छौँ । त्यसको आवश्यकत्तानुसार नै निर्णय गरिएको हो । त्यो अन्तिम निर्णय होइन कि क्याबिनेट र मन्त्रीपरिषदले बनाएको एउटा संस्था मात्र हो । त्यसमा सबै विषयहरूलाई निर्धारण गर्नुपर्नेछ । अन्तिम निर्णय मन्त्रीपरिषदले गर्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार