असार ३२, २०८२ बुधबार July 16, 2025

जोन-२४ अन्तर्गतका क्लबहरूको प्रि-एडभाइजरी मिटिङ सम्पन्न

सहकार्य, समन्वय र नेतृत्व क्षमतामा थप मजबुती ल्याउने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन–२४ का क्लबहरूको संयुक्त सहभागितामा डिस्ट्रिक्ट गभर्नर प्रि-एडभाइजरी कमिटी मिटिङ सम्पन्न भएको छ।

कमलपोखरीस्थित सिटी सेन्टर फुड कोर्टमा आयोजित उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड, ग्रिन टाउन, सेक्रेड भ्याली र मेट्रो होम का पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व जोन–२४ का जोन चियरपर्सन लायन राजिब श्रेष्ठ ले गरेका थिए। श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्षसमेत हुन्।

मिटिङमा PMJF लायन ट्रिजा ढकाल प्रमुख अतिथि रहेका थिए भने District Ideal Chief लायन सुरेन्द्र बाबु श्रेष्ठ, District Chief Administrator लायन हसन गोपाली, GET Co-ordinator लायन सुबोध रायमाझी लगायत अन्य प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै District Chief Administrator लायन हसन गोपाली ले जोन–२४ अन्तर्गतका क्लबहरू विशेषगरी ब्लडहुड, ग्रिन टाउन र सेक्रेड भ्यालीले विगतदेखि पु¥याएको योगदानको प्रशंसा गरे। उनले क्लबहरूबीचको सहकार्य र सामाजिक उत्तरदायित्वप्रति सन्तोष व्यक्त गर्दै आगामी कार्ययोजनामा एकता झनै सुदृढ हुनुपर्नेमा जोड दिए।

त्यसैगरी, प्रमुख अतिथि PMJF लायन ट्रिजा ढकाल ले क्लबहरूले सामाजिक क्षेत्रमा गर्दै आएका कार्यको सराहना गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र दीगो कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याइन्।

मिटिङमा सहभागी क्लब अध्यक्षहरूले आ–आफ्ना क्लबहरूले हालसम्म गरेका सामाजिक सेवा कार्यहरू, स्वास्थ्य शिविर, शिक्षा सहयोग, रक्तदान कार्यक्रम लगायतका क्रियाकलापहरू प्रस्तुत गरे। साथै, आगामी वर्षका लागि लक्षित योजनाहरू समेत साझा गरिएको थियो।

कार्यक्रमले जोन–२४ अन्तर्गतका क्लबहरूबीचको सहकार्य, समन्वय र नेतृत्व क्षमतामा थप मजबुती ल्याउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया