असार ३२, २०८२ बुधबार July 16, 2025

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित

नव-निर्वाचित काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) तथा अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन्। अफ्रिकी मुलुक ताञ्जानियाको आरुसामा जारी काउन्सिलको विश्व सम्मेलनले उनलाई आगामी ३ वर्षको कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित गरेको हो।

यसअघि श्रेष्ठ सोही काउन्सिलको महासचिवको जिम्मेवारीमा रहेका थिए। काउन्सिलको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भए पनि निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा गरिएको थियो। नेपालका तर्फबाट श्रेष्ठको उपाध्यक्ष पदका लागि प्रस्तावक भारतका सुधीरकुमार पण्डा थिए भने जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र ताञ्जानियाका काजुबी मुकाजाङ्गा समर्थकका रूपमा रहेका थिए।

नव-निर्वाचित काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) तथा अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) चयन भएका छन्। महासचिवको जिम्मेवारी तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा ले सम्हाल्ने भएका छन् भने टर्कीका तामेर अताबारुत काउन्सिलका कोषाध्यक्ष बनेका छन्।

त्यसैगरी, अन्तर्राष्ट्रिय सम्पर्क संयोजकको रूपमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चयन भएका छन्।

सोमबारदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ। सम्मेलनमा नेपालसहित २७ देशका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया